सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

आइतबार, २८ कात्तिक २०७८, १८ : ४८
आइतबार, २८ कात्तिक २०७८

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार  २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन काँग्रेस हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीकाे कार्यक्रम र मतदाता नामावलीकाे अन्तिम सूची सार्वजनिक गरिने छ । 

२३ गते उम्मेदवारी मनाेनयनकाे कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना गरिनेछ । काँग्रेस नेता कृष्णप्रसाद सिटाैलाले अब कुनै जिल्लामा अधिवेशन हुन नसकेपनि केन्द्रीय महाधिवेशन नराेकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप