सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘प्रतिस्थापन बजेटले शतप्रतिशत सवारी आयात वृद्धि’

आइतबार, २८ कात्तिक २०७८, १८ : ४१
आइतबार, २८ कात्तिक २०७८

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा शतप्रतिशत सवारी आयात वृद्धि हुनुमा प्रतिस्थापन बजेट नै प्रमुख कारण रहेको बताएका छन् । 
आइतबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटका क्रममा अध्यक्ष दुलालले यस्तो बताएका हुन् । 

उक्त भेटका क्रममा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८ मा सतप्रतिशत बृद्धि भएको र चालु आर्थिक बर्षमा अझ बृद्धि हुने बताए । यसका लागि सरकारले ल्याएका नीतिहरूको निरन्तरताको थप अपेक्षा नाडाले गरेको उनले बताए । उक्त भेटका अवसरमा अध्यक्ष दुलालले आगामी मंसिर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोध समेत गरेका छन् । 

भेटघाटका लागि नाडाका हालका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान लगायत नाडाका प्रतिनिधिमण्डल गएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप