अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर

मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीले जनाकारी दिए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै झण्डै दुई सयको संख्यामा रुख, ढुंगा र माटो बगाएर कोवाङसम्म ल्याएको जानकारी आएको बताए । उनले भने, ‘हिमपहिरोले झण्डै दुई सयको संख्यामा रुख, ढुंगा,माटो बगाएर कोवाङसम्म ल्याएको छ ।’
प्रहरी निरिक्षक पौडेलका अनुसार हिम पहिरोका कारण भएको भागदौडमा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका तीन जना शिक्षक र आठ जना विद्यार्थी घाइते भएका हुन् । ‘चिकित्सकले दुई जनाको खुट्टा भाँचिएको बताएको बताएका छन,’ उनले भने, ‘अन्यको अवस्था सामान्य छ, घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।’
प्रहरी निरीक्षक पौडेलले हिम पहिरोले रुखसहित, ढुंगा र माटो समेत बगाएर निकै टाढासम्म ल्याएकाले त्यसक्षेत्रमा रहेका चौरी र याकहरु मरेको आशंका गरिएको बताए । हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ ।
हिम पहिरोसँग आएको गेग्रानहरु बेनी–जोमसोम राजमार्गसम्म आइपुगेको प्रहरी निरीक्षक पौडेलले बताए । सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई उच्च सर्तकता अपनाउन समेत उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?