बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फ्युल सजचार्ज फेरि बढ्यो, हवाई भाडा वृद्धि हुने

आइतबार, २८ कात्तिक २०७८, १८ : २५
आइतबार, २८ कात्तिक २०७८

हवाई फ्युल सजचार्ज फेरि बढेको छ । १२ दिनको अन्तरालमा नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै नेपाल वायु सेवा सञ्चालक संघले पुनः फ्युल सजचार्ज वृद्धि गर्ने निर्णय गरेको हो । 
संघले आइतबार एक सूचना जारी गर्दै उडान गन्तव्यको दुरीको हिसाबमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म फ्युल सजचार्ज वृद्धि गरेको जनाएको छ । 

संघले जारी गरेको नयाँ तालिका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी अधिकतम २२० रुपैयाँले फ्युल सजचार्ज वृद्धि गरेको जनाइएको छ । मूल्य वृद्धिसँगै यस स्थानका लागि अब फ्युल सजचार्ज शुल्क चार हजार ४६० रुपैयाँ पुगेको छ । 

यसअघि सोही स्थानका लागि ४४० रुपैयाँले मूल्य वृद्धि गर्दै संघले चार हजार २४० रुपैयाँ तोकेको थियो । यस्तै, सबैभन्दा कम मूल्य वृद्धि भएको डोटी–साफेबगरको २० रुपैयाँले फ्युल सजचार्ज बढ्दै ४२० रुपैयाँ पुगेको छ । यसअघि यस गन्तव्यका लागि संघले ४५ रुपैयाँ मूल्य वृद्धि गर्दै ४०० रुपैयाँ तोकिएको थियो ।

यस्तै, अन्य आन्तरिक (डोमेष्टिक) उडान गन्तव्यहरुमा पनि क्रमशः फ्युल सजचार्ज बढेको छ । फ्युल सजचार्ज बढेसँगै हवाई भाडा बढ्ने गर्छ । यसअघि नेपाल आयाल निगमले स्वचालित मूल्य प्रणालीका आधारमा आन्तरिक उडान तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो भने पछिल्लो पटक गत बिहीबार पुनः ५ रुपैयाँले वृद्धि गरेको छ ।
यस्तो छ संघले जारी गरेको नयाँ फ्युल सजचार्ज : 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप