शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भन्सार सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

आइतबार, २८ कात्तिक २०७८, १८ : १७
आइतबार, २८ कात्तिक २०७८

नेपाल चेम्बर अफ कर्म (एनसीसी) ले भन्सारमा सहजीकरण गर्न भन्सार विभागलाई विभिन्न सुझाव दिएको छ । चेम्बरको कर, राजश्व तथा भन्सार समितिले विभागका महानिर्देशक नाराणयप्रसाद सापकोटालाई लिखित सुझाव दिएको हो ।
पछिल्लो समय विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरू ‘क्यु’ मा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारी समेत नरहेको भन्ने गुनासो आइरहेको चेम्बरले पत्रमा उल्लेख गरेको छ । विभागले न्यून विजकीकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न बेलाबखत परिपत्र गर्नु सकारात्मक भएपनि इमान्दारीपूर्वक काम गर्ने आयातकर्तालाई मारमा पर्ने÷नपर्ने विचार गरी नीति बनाउनु उपयुक्त हुने सुझाव पनि दिएको छ । 

चेम्बरले वास्तविक कारोबार मूल्यलाई मान्यता दिनुपर्छ भन्ने मान्यता राख्ने उल्लेख गर्दै भन्सारको मुख्य काम व्यापार सहजीकरण गर्नुपर्ने तथा राजश्व संकलनको मेरुदण्ड मूल्य अभिवृद्धि कर र आयकर हुनुपर्ने पनि पत्रमा उल्लेख गरेको छ ।

भन्सारले व्यापारीका सामानको मूल्यांकन गर्न कारोबार मूल्यलाई मान्यता दिने र न्यून बिजकीकरण भएको शंका लागेमा भन्सार विन्दुमै त्यस्ता सामान खरीद गर्ने वासामान जाँचपास गरे पश्चात भन्सार जाँचपास परीक्षण कार्यालय, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग लगायतले निगरानी गर्ने व्यवस्था मिलाउन पनि चेम्बरले सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप