शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा सानेपाबाट भागेको भन्दै पौडेलले उठाए प्रश्न– अन्यायमा परेका कार्यकर्ताको समस्या कसले सुनिदिने ?

आइतबार, २८ कात्तिक २०७८, १८ : १४
आइतबार, २८ कात्तिक २०७८

अघिल्लो साता काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बस्न लागेको भन्दै सम्बन्धितलाई खबर पठाए भने मिडियालाई पनि सोही जानकारीसहित विज्ञप्ति जारी गरे । तर आइतबार बैठक भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा राखियो । पार्टी कार्यालयमा कार्यकर्ताको धर्नालगायतका कारणले गर्दा बैठक सानेपाबाट बूढानीलकण्ठमा सारिएको बताएका छन् । 

आइतबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाले कार्यकर्तालाई छलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले बैठक सानेपामा बस्ने भनिएपनि रौतहटका कार्यकर्ताले जारी राखेको अनसन छल्न देउवा भागि हिँडेको आरोप लगाए ।

रौतहटका कार्यकर्ताले क्रियाशिल सदस्यतामा असन्तुष्टि जनाउँदै १०० भन्दा बढी दिनदेखि अनसन गर्दै आएका छन् । पार्टी कार्यालयमा अनसन र असहज अवस्थाको सम्बोधन गर्नुका साटो देउवाले बैठक स्थल नै सारेको भन्दै आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले यससँग सम्बन्धित रहेर प्रश्नको वर्षा नै गरेका थिए । 

‘पार्टी कार्यालयमा अनसन ११४ दिनदेखि जारी छ।  कति दिन भाग्ने पार्टी कार्यालयबाट ? उनीहरुको माग सम्बोधन किन नगर्ने ? तपाईँकै जिल्ला डडेलधुरामा पनि साथीहरुले अन्याय भयो भनेर मंसिर १ देखि अनसन बस्ने भनिराख्नु भएको छ’, पौडेलको प्रश्न थियो, ‘यो अवस्थापछि तपाईँ किन गम्भीर हुनुहुन्न ? अन्य स्थानमा पनि कतिको नाम थपिएको छ, कतिको काटिएको छ । यस्तो अवस्थामा महाधिवेशन गरेर पार्टीलाई कहाँ पुर्याउँछौँ ?’

उनले अगाडि थपे, ‘साथीहरुको कुरा सुनिदिने र सुनुवाइ गरिदिने कसले ? कार्यालयका मुख्यसचिव आमा आईसीयूमा रहेको भन्दै अस्पतालतिर हुनुहुन्छ।  क्रियाशिल छानबिन समितिका साथीहरु केन्द्रीय समितिलाई बुझाइसकेका छौँ भनेर पन्छिनुभएको छ ।

गुनासो आइसकेपछि सम्बोधन गर्न नेतृत्व गम्भीर हुनुपर्छ । उनीहरुको माग सम्बोधन गर्न सचेत गराउँछु ।’  स्मरण रहोस्, देउवा प्रधानमन्त्री भएयता पार्टी कार्यालय गएका छैनन् भने पार्टीका बैठक निजी निवासमै गर्दै आएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप