शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

आइतबार, २८ कात्तिक २०७८, १८ : ०९
आइतबार, २८ कात्तिक २०७८

भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गर्नु भएको थियो ।  दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षासचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् । 

रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप