आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

आइतबार, २८ कात्तिक २०७८, १७ : २६
आइतबार, २८ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।

विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।

उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्र एक घण्टा धर्ना तथा प्रदर्शन गरेका हुन् । उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेको प्रदर्शनको क्रममा ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लगायतका नारा लगाइएको थियो ।

उच्च अदालत बार एशोसिएशन विराटनगरका सचिव अधिवक्ता कला त्रितालले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको अभियान स्वरुप धर्नामा बसेको बताइन् । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप