बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मूल्य वृद्धिको विरोधमा सिलिन्डर प्रदर्शन

आइतबार, २८ कात्तिक २०७८, १७ : २४
आइतबार, २८ कात्तिक २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । राजधानीको प्रदर्शनी मार्गमा विद्यार्थीहरु ५ विद्यार्थी संगठनले आइतबार ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘मलाई बल्न देऊ, आयल निगमका प्रमुख सुरेन्द्र पौडेललाई बर्खास्त गर, आयल निगमले व्यापार गर्न पाइँदैन, मूल्य वृद्धि चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेका थिए ।

मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले कात्तिक २५ देखि मंसिर ५ सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप