निजगढमा निखिलले अभिनय सिकाउने
![निजगढमा निखिलले अभिनय सिकाउने](https://rpcdn.ratopati.com/media/albums/nikhil_jm1mu4CpCt.jpg)
अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ उप्रेतीले अभिनय प्रशिक्षण दिए भएका हुन् ।
चलचित्र निर्देशक समाजको संयोजन रहेको कार्यक्रममा निखिलको अलवा अभिनेता अनुप बरालले समेत अभिनय सिकाउनेछन् ।
लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइने कार्यक्रममा युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह राणा, जनकदीप पराजुली, सामीप्य तिमल्सिना, पुरुषोत्तम प्रधान लगायतले समेत विभिन्न बिषयमा प्रशिक्षण दिनेछन् ।
चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रबद्र्धन बोर्डको सह–आयोजना रहेको कार्यक्रम सर्वसाधारणलाई फिल्मप्रति आकर्षण गर्ने उदेश्यले आयोजना हुन लागेको हो । प्रशिक्षणमा सर्लाही, रौतहट, बारा र पर्साका व्यक्तिहरुको सहभागिता रहनेछ ।