शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टी- २० उपाधिको प्रतिक्षामा क्रिकेट इतिहासकै सफल टिम

आइतबार, २८ कात्तिक २०७८, १७ : ०७
आइतबार, २८ कात्तिक २०७८

जब अस्ट्रेलिया  क्रिकेट टिमको कुरा आउँछ, तब ९० र २००० को दशकको याद आउँछ । यस दौरान अस्ट्रेलियाको टिम हेर्न लायक थियो । टिमलाई ठूला उपाधि जित्ने बानी थियो । लगातार तीनवटा विश्वकप जित्ने पहिलो टिम बनेर अस्ट्रेलियाले रेकर्ड राख्यो । 

विपक्षी टिमका खेलाडीहरु नै अस्ट्रेलियाको नाम सुनेर डराउँथे । १९९९, २००३ र २००७ मा टिमले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । जब, २००७ मा टी–२० विश्वकप सुरु भयो । तब फ्यानहरूले यही टिम च्याम्पियन हुने अनुमान लगाएका थिए । तर, अस्ट्रेलियाले टी २० संस्करणमा अहिलेसम्म उपाधि जित्न सकेन । 

के समाप्त हुनेछ उपाधिको खडेरी ?
२००७ देखि २०१६ सम्म कुल ६ वटा टी २० विश्वकप आयोजना भए । अस्ट्रेलियाको टिम फेरि एकपटक फाइनलमा पुग्यो । २००७ बाहेक कुनै पनि टी–२० विश्वकपमा यो टिमलाई फेवरेट मानिएन । यसबीच २०१० मा टिमले फाइनल यात्रा गरेको थियो । तर इङ्ग्ल्यान्डसँग पराजित भयो । 

फेरि अर्कोपटक फाइनलमा आइपुगेको अस्ट्रेलियाको यो टिमलाई फेवरेट मानिएको छ । टी २० विश्वकपको फाइनलमा आज आरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्दैछ । 

५ पटक एक दिवसीय विश्वकप
एकपटक पनि टी २० विश्वकप जित्न नसकेको अस्ट्रेलिया एक दिवसीय विश्वकपमा भने बादशाह नै हो । उसले सबैभन्दा धेरै ५ पटक एक दिवसीय विश्वकप जितेको छ । सन् १९८७ मा एल बोर्डरको कप्तानीमा रहेको अस्ट्रेलियाले इङल्यान्डलाई ७ विकेटले हराएर पहिलोपटक विश्वकप उपाधि जितेको थियो । त्यसपछि १९९९ मा स्टिभ वा, २००३ र २००७ मा रिकी पोन्टिङ र २०१५ मा मायकल क्लार्कको कप्तानीमा उपाधि जित्यो । 

दुईपटक च्याम्पियन्स ट्रफी

आईसीसी च्याम्पियन्स ट्रफीमा पनि अस्ट्रेलियाको टिमको खास दबदबा रह्यो । टिमले लगातार दुईपल्ट २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जित्यो । अब प्रतिक्षा टी २० विश्वकपकै छ । के आरोन फिन्चले अस्ट्रेलियालाई यो उपाधि जिताउलान् ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप