बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनका लागि व्यवस्थापन समिति गठन, सातै प्रदेशमा संयोजक पनि तोकियो

आइतबार, २८ कात्तिक २०७८, १७ : ०१
आइतबार, २८ कात्तिक २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि  नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो । 
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले बताए । 

यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताहरुलाई संयोजक तोकिने छ ।  १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने गरी निर्णय भएको छ ।  नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाइएको बताइएको छ । 
पदाधिकारी बैठकमा भएको सहमति केन्द्रीय कमिटी बैठकमा पेश भएर अनुमोदन हुने काँग्रेस नेताहरुले बताएका छन् । बैठक देउवाको नीति निवास बूढानीलकण्ठमा सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप