‘पानीमा रुझ्नु हुँदैन’ चित्रकथा प्रकाशित
आइतबार, २८ कात्तिक २०७८, १६ : ४४
सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको ‘पानीमा रुझ्नु हुँदैन’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ । चित्रकथाको प्रमुख पात्र ईश्वरसँग पानी परेको बेला विद्यालय जान रेनकोट हुँदैन । त्यसैले, आमाको बिग्रेको छाता ओढेर जान्छ । झुत्रे छाता भनी साथीहरुले जिस्काउँछन् । तर नराम्रो नमानी बरु अरु साथीलाई पनि पानी परेकोबेला ओट दिन्छ ।
पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने बिषयबस्तु प्रस्तुत गरिएको छ । कथालय इन्कले प्रकाशन गरेको यस चित्रकथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक हुन सक्छ भन्ने इंगित गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ