शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पानीमा रुझ्नु हुँदैन’ चित्रकथा प्रकाशित

आइतबार, २८ कात्तिक २०७८, १६ : ४४
आइतबार, २८ कात्तिक २०७८

सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको ‘पानीमा रुझ्नु हुँदैन’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ । चित्रकथाको प्रमुख पात्र ईश्वरसँग पानी परेको बेला विद्यालय जान रेनकोट हुँदैन । त्यसैले, आमाको बिग्रेको छाता ओढेर जान्छ । झुत्रे छाता भनी साथीहरुले जिस्काउँछन् । तर नराम्रो नमानी बरु अरु साथीलाई पनि पानी परेकोबेला ओट दिन्छ ।

पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने बिषयबस्तु प्रस्तुत गरिएको छ । कथालय इन्कले प्रकाशन गरेको यस चित्रकथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक हुन सक्छ भन्ने इंगित गरिएको छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप