
‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने

समिर जोशीको निर्देशनमा सत्य कथामा आधारित टेलिश्रृखंला ‘मेरो एउटा प्रेमकथा’ बन्ने भएको छ । आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित रहेर शृंखला तयार गरिने जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।
डिजी प्लेको प्रस्तुति रहेको यस श्रृंखलालाई सानु मुभिज र विनभ क्रियसन्सले निर्माण गर्नेछन् । यसको छायाँकन विनोद श्रेष्ठ र सम्पादन सुनिल श्रेष्ठले गर्नेछन् । टेलिशृंखलाको शिर्ष गित ज्योती खतिवडाको छ भने सुमन कपालीले संगीत दिनेछन् । नयाँ तथा पुराना कलाकारको जमघट हुने उक्त टेलिशृंखलाको प्रत्येक शृंखलामा नयाँ कलाकारको अभिनय रहनेछ ।
जोशको निर्देशनमा अहिले टी सिरिज स्टेज वर्क ट्यालेन्ट हन्ट चलिरहेको छ । खै कुरा बुझेको तथा चम्सुरीसँग चिया नामका सिरियल तथा विभिन्न म्युजिक भिडियोहरू पनि जोशीले निर्देशन गरिसकेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ