रवीन्द्र मिश्रको विवेकशील साझा र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने
आइतबार, २८ कात्तिक २०७८, १६ : २८
![रवीन्द्र मिश्रको विवेकशील साझा र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने](https://rpcdn.ratopati.com/media/albums/Graphics_uLZEBlvKwe.jpg)
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने भएको छ । राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी रहेका छन् । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैठकले कर्ण बहादुर शाही नेतृत्वको सिटिजन्स डिसकशन फोरमसँग पनि एकीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने भने रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता