बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

र्‍याङकिङ टेनिस प्रतियोगिता सोमबारदेखि

आइतबार, २८ कात्तिक २०७८, १६ : २६
आइतबार, २८ कात्तिक २०७८

नेपाल टेनिस संघको आयोजनामा काठमाडौं÷एसियन १४ एन्ड अन्डर र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सुरु हुँदैछ ।     प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज÷गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट १ गल्र्स खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सर्किट– १ नोभेम्बर १९ तारिखसम्म चल्ने छ । त्यसपछि सर्किट– २ का खेलहरु नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप