शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

आइतबार, २८ कात्तिक २०७८, १६ : १९
आइतबार, २८ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।

कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै देशव्यापी बनाएको छ । संवैधानिक नियुक्ति तथा सरकारमा समेत प्रधानन्यायाधीशले भागबण्डा माग गरेको समाचार प्रकाशमा आएसँगै बार एशोसिएसनले आन्दोलन चर्काएको हो ।

बार एसोसिएसनले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप