बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘राजा’ निर्माण हुने

आइतबार, २८ कात्तिक २०७८, १६ : ०९
आइतबार, २८ कात्तिक २०७८

 
सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ निर्माण हुने भएको छ । परशुराम बस्नेतले निर्माण गर्न लागेको फिल्म एक्सन कथामा बन्न लागेको हो । नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।

फिल्मका लागि अहिले राज कटुवाल अभिनेताको रुपमा छनौट भएका छन् । अभिनेत्री र अन्य कलाकार केही दिनमा टुङ्गो लाग्ने निर्देशक थापाले बताए । राज फिल्म तथा म्यूजिक भिडियोमा देखिँदै आएका छन् । शिवम् अधिकारीको लेखन रहने फिल्म माघको दोश्रो साताबाट छायांकनमा निस्कने बताइन्छ । थापाको निर्देशन रहेको ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट प्रदर्शनमा आउँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप