एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै उपाध्यक्ष तिमिल्सिनाले संस्थालाई कसैले पनि व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन नहुने बताए ।
एनआरएनएमा शुद्धीकरणको अभियान बेल्जियमबाटै सुरु गर्न आग्रह पनि उनले आग्रह गरे । नेपालको प्राकृतिक विपद्, कोरोना सङ्क्रमणजस्ता कठिनाइको अवस्थादेखि विकास निर्माणमा एनआरएनए बेल्जियमबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई पारित गराउने विषयमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिनाले अध्ययन वा कामको सिलसिलामा विदेश पुगेका जो कोही नेपालीले पनि आफूले आर्जन गरेको ज्ञान र पुँजी स्वदेशमै लगाउनुपर्नेमा जोड दिए । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा एनआरएनएले पुर्याएको योगदान सम्झनलायक रहेको बताए ।
एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाली भाषा, कला र संस्कृतिका बारेमा नयाँ पुस्तालाई अवगत गराउँदै उनीहरुमा मातृभूमि प्रतिको प्रेम जागृत गराउने उद्देश्यले पहिलोपटक स्मारिका प्रकाशन गरिएको बताउँदै आफ्नो कार्यकालमा संस्थालाई सामाजिक र परोपकारी संस्थाका रुपमा थप उन्नतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष चित्र सुवेदी, एनआरएनएका अभियन्ता रुद्र शर्मा र संस्थाका सचिव सुवास भट्टले एनआरएनए बेल्जियमका गतिविधि र एनआरएनएमा पछिल्लो समय देखिएका विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार फेरबदल हुँदैन, यही गठबन्धनलाई बलियो बनाएर जाने सहमति भएको छ : प्रवक्ता सापकोटा
-
गण्डकीको बजेट बहुमतले पारित
-
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
-
लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ