शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

आइतबार, २८ कात्तिक २०७८, १५ : ११
आइतबार, २८ कात्तिक २०७८

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चुनिएका छन् । संघको ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर स्वतः अध्यक्षमा चुनिएका हुन् ।​ निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघको प्राबधान अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मानन्धर स्वतः अध्यक्ष चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयाँं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् । साथै संघको उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौपाने निर्वाचित भएको छ ।

प्रतिस्पर्धी राजन श्रेष्ठलाई पराजित गरी न्यौपाने साधारणतर्फको उपाध्यक्ष निर्वाचित हुन सफल भएका थिए । यी दुई वटा पदमाबाहेकका अन्य सवै पदहरुमा सहमति अनुसार सर्वसम्मत रुपमा चुनिएका थिए ।

यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट) तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका थिए । साथै, सदस्यहरुतर्फ अमरबहादुर मानन्धर, श्रृषिकेश श्रेष्ठ, गोकर्ण न्यौपाने, गौतम सुजखू, नविन प्रजापति, नरेश सुकुपायो, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासु   (राजु) र रुकेश रञ्जित सर्वसम्मत रुपमा चुनिएका थिए ।

साथै, सदस्य (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्यहरु (एसोसियट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ्ग लामा सर्वसम्मत रुपमा चुनिएका थिए । साथसाथै कार्यसमिति सदस्य (महिला) तर्फबाट पनि आस्था शाख र श्रीया बल्ल सर्वसम्मत रुपमा चुनिएका थिए ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप