बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोरोनापछि चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

आइतबार, २८ कात्तिक २०७८, १५ : ०८
आइतबार, २८ कात्तिक २०७८

चितवनमा कोरोना महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । पुसको २, ३ र ४ गते चल्ने प्रदर्शनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० वटा स्टल हुने बताइएको छ । जसमा ३० वटा स्टल लघु, घरेलु तथा साना उद्योगीका लागि निःशुल्करूपमा छुट्याइएको छ ।

कोभिड महामारीपछि दुई वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना हुन लागेको परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले नेपालका उत्पादनमूलक उद्योगलाई चाहिने मेसिनरीको प्रदर्शनी हुने बताए ।

यस्तै, चितवन उद्योग संघले चितवनमा स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न तथा चितवन महामारीबाट बाहिर आइसकेको जानकारी गराउन प्रदर्शनी आयोजना गरेको जानकारी दिएको छ ।

प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका मेसिनरी सामाग्रीको समेत राखिने आयोजकले बताएको छ । यस्तै, प्रदर्शनीमा सहभागी साना तथा मझौला उद्योगबाट छानिएका उत्कृष्ट उद्योग÷व्यवसायलाई सम्मानित समेत गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप