शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित

आइतबार, २८ कात्तिक २०७८, १३ : ०२
आइतबार, २८ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राैतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन । 

नेपाल वार एसोसिएसन राैतहटका अध्यक्ष राजाराम यादवकाे नेतृत्वमा जिल्लाका सवै कानुन व्यवसायी आईतवार विहान १० बजे देखि हातमा कालो पट्टी बाँधेर आन्दोलित भएका हुन्। सवै कानुन व्यवसायी २ घण्टाका लागि विहान १० बजेदेखि दिउँसो १२ बजे सम्म राैतहट जिल्ला अदालत परिसरमा आन्दोलनको कार्यक्रम अनुसार धर्ना बसेकाे अध्यक्ष यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप