बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

आइतबार, २८ कात्तिक २०७८, १२ : ५९
आइतबार, २८ कात्तिक २०७८

यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।

महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागिता जनाउने भएका छन् । क्लब र जिल्ला गरी ३२ टिमबाट अहिलेसम्म एक सय १५ खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दर्ताको क्रम जारी रहेको संघले जनाएको छ । दर्ता गर्ने समय आइतबार साँझसम्म रहेको छ । विभागीय टिम भने दर्ता भएको छैन । 

दर्ता भएका खेलाडीहरूको तौल र मेडिकल जाँच कार्तिक २९ गते बिहान ६ देखि ८ बजेसम्म हुनेछ । प्रतियोगिता दिउँसो १ बजेबाट शुरु हुनेछ । प्रतियोगितालाई सफल पार्नका लागि विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक पुष्करराज पन्तले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप