बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !

आइतबार, २८ कात्तिक २०७८, १२ : ५५
आइतबार, २८ कात्तिक २०७८

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।

करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।
घोषणा कार्यक्रममा जीतुले कार्यक्रम बन्द गर्नु परेको दोष शोका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ र कि एडभर्टाइजिङलाई दिएका थिए । जीतुको कि एडभर्टाइजिङले आफुलाई थाहा नदिई राईलाई अर्काे कार्यक्रममा लगेर दुबैले धोका दिएको आरोप लगाएका छन् ।

धोकाको बिषयमा जीतुले लगाएको आरोप भने राईले खण्डन गर्दै आएका छन् । उनले आफुले जीतुलाई धोका नदिएको र बरु मिलेन जान अग्रह गरेको बताए । अहिले ‘मुन्द्रेको कमेडी क्लब’ को साटोमा ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउन लागेको बिषयमा समेत राईले आफुलाई आधिकारी जानकारी नभएको बताए ।

‘मैले कि एडभर्टाइजिङ एजेन्सी मार्फत केही कुरा सुनेको छु’ राईले भने ‘कस्तो कार्यक्रम र कहिलेदेखि केही थाहा छैन ।’ ‘मुन्द्रेको कमेडी क्लब’ को समय कि एडभर्टाइजिङले अगामी असारसम्म लिएको भएकोले उसले केही न केही कार्यक्रम गर्न सक्ने राइले सुनाए ।

कि एडभर्टाइजिङले भने मिडियामा एक विज्ञापन प्रकाशन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ ल्याउने जानकारी दिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप