शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारामा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु

आइतबार, २८ कात्तिक २०७८, १२ : ४७
आइतबार, २८ कात्तिक २०७८

बारामा मोटरसाइकल दुर्घटनामा परेर २ युवकको मृत्यु भएको छ । बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा परेर २ युवकको ज्यान गएको हो ।  दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार ३ जना सवार ना ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा  कोहल्वी १ बस्ने  धर्मेन्द्र चौधरीका २० वर्षीय छोरा सागर चौधरी र सोही ठाउँका मदन चौधरीका १९ वर्षीय छोरा सुशील चौधरीको मृत्यु भएको हो।  
शनिबार राती साढे ८ बजे मोटरसाइकलमा सबार युवकहरू बटौलियाको बर्थिङ्ग सेन्टरको ढोकामा ठोकिएका थिए । सोही क्रमममा युवकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।  मोटरसाइकलमा सवार कोल्हवी ९ का २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएको प्रहरीको भनाई छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप