रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
आइतबार, २८ कात्तिक २०७८, १२ : ३३
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
मृतक ३ जनामध्ये एकजना महिला र दुईजना पुरुष भएको तर उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । दुर्घटनामा के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की
-
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन