शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एमाले गुल्मीमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

आइतबार, २८ कात्तिक २०७८, १२ : १५
आइतबार, २८ कात्तिक २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि १८  जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । विवादरहित ढंगले १८ जना महाधिवेशन प्रतिनिधिहरु जिल्लाबाट सर्वसम्मत चयन गरिएको सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए ।  उनका अनुसार  खुल्ला तर्फ जिल्ला अध्यक्ष पन्त , उपाध्यक्ष बालसिंह काउछा , सचिव सोमनाथ सापकोटा , उपसचिव धर्म बिश्वकर्मा , जिल्ला कमिटी सदस्यहरु अमर सिंजापति , नारायण प्रसाद पोखरेल , कृष्ण भुसाल , प्रेम पराजुली ,  रित बहादुर थापा ,चक्र बन्धु भुसाल  र खिमानन्द पाण्डे महाधिवेशन प्रतिनिधीमा चयन भएका हुन् ।

त्यस्तै महिला तर्फ नर्मदा भण्डारी ,  लक्ष्मी  पन्थ , सीता भन्डारी  र  ललिता गौतम  महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् ।  त्यस्तै दलितबाट । जंग नेपाली ,  कृण्ण सुनार  र  जुना बिस्वकर्मा महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् । महाधिवेशन प्रतिनिधिका निकटतम प्रत्यासी तर सर्वसम्मत गर्ने क्रममा छुटेका केहि नेताहरुलाई केन्द्रबाटै मनोनित गराउने केन्द्रिय नेताहरुबाटै आश्वासन आएको श्रोतले जनाएको छ ।

  जिल्ला अध्यक्ष पन्तका अनुसार महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी परेको थियो । त्यस मध्ये क्षेत्र नम्वर १ बाट २१ पुरुष र ८ महिला सहित २९ जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्वर २ मा १९ पुरुष र ६ महिला सहित २५ जनाले उम्मेदवारी दिएका थिए । दलित कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि ११ जनाले उम्मेदवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप