वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च
आइतबार, २८ कात्तिक २०७८, १० : ५८
नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरिछाडेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार पनि चोलेन्द्र चोरबाटो हुँदै सर्वोच्च छिरेका थिए ।
चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज