अपडेटः रौतहट कार दुर्घटनाका मृतक चार जनाकै सनाखत
रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो । युके १२ सि २९०० नम्बरको भारतीय कार दुर्घटनामा मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।
कार तीव्र गतिको कारण अनियन्त्रित भई सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलीले तत्काल कारको सिसा फुटालेर ४ जनालाई निकाली उपचारको लागि जिल्ला अस्पताल गौरमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक चारै जनाको खल्तीमा भेटिएको आइडी कार्डको आधारमा उनीहरुको भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित पताही थाना वेतौना ठेगाना भएको खुलेको थियो । पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पठाएपछि उनीहरुको परिवारजन आएर सनाखत भएको भएको एसपी घिमिरेले जानकारी दिए ।
उनीहरु रौतहटको देवाही गोनाही नगरपालिका ४ स्थित आफन्त नरेश साहको घरमा छठको प्रसाद पुर्याउन आएर भारत फर्किँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’