शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा आइतबार १० इजलास तोकियो, प्रधानन्यायाधीशको बेञ्च तोकिएन

आइतबार, २८ कात्तिक २०७८, १० : २७
आइतबार, २८ कात्तिक २०७८

सर्वोच्च अदालतमा आइतबार १० वटा इजलास तोकिएको छ । ती कुनै पनि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन् ।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आइतबार घेराउ गर्दैछ । बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ । सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आइतबार विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप