इक्वेडरको जेलभित्रै फेरि झडप, ६८ जनाको मृत्यु
आइतबार, २८ कात्तिक २०७८, १० : ०४
इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए ।
गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । इक्वेडरमा यस वर्ष धेरै जेलहरुमा भिडन्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मारिएका छन् । गत सेप्टम्बरमा भएको हमला अहिलेसम्मकै सबैभन्दा खराब थियो । यतिबेला एक ग्याङका सदस्यले अर्को ग्याङका सदस्यमाथि हमला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जेलभित्र सयौँ प्रहरी अधिकारीहरू खटाउनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन