बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बालुवामुनि लुकाएको अवैध काठसहित ट्याक्टर बरामद

आइतबार, २८ कात्तिक २०७८, ०९ : २७
आइतबार, २८ कात्तिक २०७८

रौतहटस्थित सशस्त्र प्रहरी र बन सुरक्षा गस्तीको संयुक्त टोलीले  तस्करले बालुवा मुनि लुकाएर राखेको अवैध काठ सहितको ट्याक्टर बरामद गरेको छ । गुजरा नगरपालिका ४ सेमरी दोमुहान खोला किनारबाट आज बिहान साढे ४ बजे बालुवा मुनि राखिएको काठ सहित ना ५ त ७६९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको चोंचा सेक्टर वनका प्रमुख राजेश साहले रातोपाटीलाई बताए ।

विशेष सूचनाको आधारमा  सेक्टर वन कार्यालय जंगलसहियाका प्रमुख रामदेव चौधरी, जमदार सगिर मियांको नेतृत्वमा गएको वन सुरक्षा गार्ड  र सशस्त्र पोष्ट हरिनगरको संयुक्त गस्ती टोलीले काठको माथि बालुवा लोड गर्ने क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन रौतहटका प्रमुख अमरदेव यादवले बताए ।

ट्याक्टरमा साल जातको काठको  ३–४ को चिरान गरिएको कडि ४० थान र १ थान ५ क्युफिट लम्बाइ सालको गोलिया काठ बरामद भएको प्रमुख यादवले जानकारी दिए । संयुक्त सुरक्षा गस्ती टोलीलाई हेरेर ट्याक्टर चालक फरार भएको तथा बरामद काठ सहितको ट्याक्टर सेक्टर वन कार्यालय जंगलसहुयाको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समय वन कर्मचारी तथा सशस्त्र वन रक्षकको सक्रियता बढे सँगै रौतहटमा काठ तस्कर समूह हतोत्साहित भएको देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप