मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोल्याण्डका नेपाली दम्पतीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

आइतबार, २८ कात्तिक २०७८, ०९ : ०७
आइतबार, २८ कात्तिक २०७८

यूरोपेली मुलुक पोल्याण्ड बस्दै आएका बिक्रम महर्जन र भावना महर्जनले दाङको घोराही उपमहानगर स्थित अरनिको आधारभूत विद्यालय सुनपुरमा अक्षय कोष स्थापना गरेका छन् । 

विद्यालयमा अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीको पढाइलाई सहयोग पुर्‍याउने उद्देश्यसाथ  महर्जन दम्पतीले १ लाख रुपैयाँको ‘विक्रम भावना’ अक्षय कोष स्थापना गरिदिएका हुन् । दाताको तर्फबाट अक्षय कोषको १ लाख  रकमको चेक विद्यालयलाई हस्तान्तरण गरिएको छ।

विभिन्न सञ्चार माध्यम मार्फत उक्त विद्यालयमा अध्ययन गरिरहेका अपाङ्ग तथा दृष्टिविहीन विद्यार्थीलाई आर्थिक सहयोगको आवश्यक रहेको जानकारी पाएपछि केहि सहयोग गरौं भन्ने लागेको बिक्रम महर्जनले बताए। कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

‘कोषको सही सदुपयोग हुनेमा हामी विश्वस्त छौं’, उनले भने। ुउक्त विद्यालयमा आर्थिक अभावमा रहेका त्यस्ता बालबालिकालाई अध्ययन गर्नका लागि केहि भए पनि सहयोग होस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ’ भावना महर्जनले उत्साहित हुॅदै भनिन्।

कोषबाट प्राप्त वार्षिक व्याज दाताहरुको महान उद्देश्य अनुसार लक्षित विद्यार्थीलाई प्रदान गरिने विद्यालयका प्रधानाध्यापक एकराज घिमीरेले बताए ।

भिन्तुना कुचिना नामक रेस्टुरेन्टमा आवद्ध नेपाल घर ललितपुरको गोदावरी नगरपालिका ११ बुलु घर भएका विक्रम महर्जन सपरिवार १४ बर्ष देखि पोल्याण्डको राजधानी वार्सामा बस्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप