यस्ता ६ गल्तीले बढाउँछ मधुमेहको समस्या

आज विश्व मधुमेह दिवस । विश्वभर यसको रोकथाम र उपचारका लागि जनचेतना फैलाउने कार्यक्रम गरेर मनाइँदै । पछिल्लो समय गलत खानपान, व्यायामको कमि, व्यस्त जीवनशैलीका कारण विश्वभरका मानिसहरु यो रोगबाट पीडित हुन थालेका छन् । यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । यो समस्या भएपछि शरीरमा विस्तारै अन्य रोगहरु लाग्ने र शरीरलाई कमजोर बनाउने गर्छ । मधुमेह लाग्न नदिनु नै राम्रो भएपछि लागिसकेको अवस्थामा यसलाई बढ्न नदिन केही बानीहरु हटाउन आवश्यक छ ।
अल्छीपन
अल्छीपना जीवनको सबैभन्दा ठूलो शत्रु हो । यो हानिकारक हुन्छ । यसले माटोपन बढाउने र रगतमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले सक्रिय जीवनशैलीले रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ भने शरीरलाई ताजा पनि बनाउँछ ।
हाई काब्र्स–लो फ्याट डाइट
अन्य पोषक तत्व जस्तै फ्याट पनि डाइटको महत्वपूर्ण हिस्सा हो । जो व्यक्तिहरु तौल कम गर्न चाहान्छन् उनीहरु शरीरको फ्याट पूरै कम गरिदिन्छन् । जसको कारण शरीरमा स्वस्थकर फ्याटको कमि हुन जान्छ । स्वास्थ्य विशेषज्ञका अनुसार मधुमेह रोगीको शरीरमा स्वस्थकर फ्याट हुन आवश्यक छ । त्यसैले, नट्स, सीड्स र शुद्ध तेलको सेवन गर्न आवश्यक छ ।
लामो समयसम्म खाना नखानु
यदि तपाईं मधुमेहको रोगी हो भने बारम्बार थोरै थोरै खाना खाने बानी गर्नुपर्छ । खाना खाइसकेपछि लामो समयसम्म केही नखाई बस्ने गर्दा शरीरमा चिनीको मात्रा कम हुन जान्छ र शरीरमा अन्य रोग लाग्ने सम्भावना बढ्छ ।
के खाने ?
मधुमेहका रोगीले फलफूल खान हुँदैन भन्ने गलत मान्यता रहीआएको छ । फलफूलमा नेचुरल चिनीको मात्रा पाइने भएकोले थोरै मात्रामा यसको सेवन उत्तम मानिन्छ । फलफूललाई विस्तारै विस्तारै चपाएर खान सकिन्छ ।
धेरै तनाव
स्वास्थ्यका लागि धेरै तनाव लिनु उपयुक्त हुँदैन । तनावले हर्मोन, मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्छ । स्वास्थ्य विशेषज्ञका अनुसार मधुमेहका रोगीले कुनै पनि प्रकारको तनाव लिन हुँदैन ।
निन्द्रा
पर्याप्त मात्रामा निन्द्राको अभावले मधुमेहका रोगीको शरीरमा अन्य रोग लाग्ने सम्भावना बढाउँछ । निन्द्राले शरीरको भित्रि अंगहरुमा हर्मोनहरुलाई सन्तुलमा राख्ने भएकाले निन्द्रा आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात