शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठक बस्दै, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

आइतबार, २८ कात्तिक २०७८, ०८ : २८
आइतबार, २८ कात्तिक २०७८

१४  औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । 

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने छ ।

यस्तै पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति,  भोजन–आवास व्यवस्थापन समिति, अर्थ सङ्कलन समिति र स्वयंसेवक व्यवस्थापन समिति पनि गठन गरिने छ ।

महाधिवेशन मूल तयारी समिति सभापति देउवाको नेतृत्वमा हुने छ भने पार्टीको नीति तथा कार्यक्रमम समिति संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने तयारी छ ।  १४ जिल्ला (सिन्धुपाल्चोकमा पालिका बाँकी) मा कात्तिक ३० गते पालिका अधिवेशन हुने छ ।  हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन समेत सम्पन्न गरिसकेको काँग्रेसले बाँकी हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा कात्तिक २७ प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दै छ ।

उक्त तीन जिल्लामा जिल्ला अधिवेशन भने मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । बाँकी ६१ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुनेछ । आगामी कात्तिक २४ २६ गते काठमाडौंमा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप