विश्व नम्बर १ बेल्जियम विश्वकपमा छनोट
आइतबार, २८ कात्तिक २०७८, ०७ : ४०

विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ ।
क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए । ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे ।
हाजार्डको गोलअघि एस्टोनिया एरिक सोरगाले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । समूहकै अर्को खेलमा वेल्सले बेलारुसमाथि ५ १ को शानदार जीत हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती