आगामी तीन दिनको मौसम पूर्वानुमान
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आइतबार देशका प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। सोमबार देशका प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश