बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भक्तपुरमा एमालेको महाधिवेशन प्रतिनिधि चयन

आइतबार, २८ कात्तिक २०७८, ०७ : ०६
आइतबार, २८ कात्तिक २०७८

मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएमा छन् । बिहीवार २५ गते प्रतिनिधि जान चाहनेहरुले उम्मेदवार दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि आधा मात्रै सफल भएका हुन् ।

२ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १  निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छानिएको एमाले भक्तपुर जानकारी दिएको छ । संगठित सदस्यको आधारमा उक्त क्षेत्रबाट ४ खुल्ला र २ जना महिला महाधिवेशन प्रतिनिधि शनिबार चुनिएका हुन् ।
 
निर्वाचन क्षेत्र न.१ बाट शम्भु प्रसाद दाहाल, परासर सापकोटा, निरन्जन बजगाइ, मिलन सुवाल, नारायणी फुयाल, वीणा बास्तोला बिजय भएका छन् । २ न. निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा छानिएका एमाले महाधिवेशन प्रतिनिधिहरुमा राजेन्द्र राजथला,  शशिजंग थापा,  निर्मलकुमार भट्टराई, भास्कर प्रधानाङ्ग, बचन देउजा, बासुदेव थापा, मदनसुन्दर श्रेष्ठ चयन भएका छन् । 

यसैगरी महिला प्रतिनिधिहरुमा उत्तरा नेपाल, भागीरथा सिटौला, तारा खड्का बस्नेत चयन भएका छन् । समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विशंखे  चयन भएको एमालेले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप