शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तमोर करिडोरले चीन र भारत जोड्दै

आइतबार, २८ कात्तिक २०७८, ०६ : ५०
आइतबार, २८ कात्तिक २०७८

ताप्लेजुङमा  निर्माणाधीन तमोर करिडोरले  छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका  रूपमा रहेको निर्माणाधीन यस  करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर  करिडोरको  अन्तिम ट्र्याक (मार्ग)  खोल्ने कार्य हाल जारी छ  । 

अब ट्र्याक निर्माण  हुन  बाँकी  रहेको  तीन  किलोमिटर  दूरी  सम्पन्न  भएमा  चीनको  स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले  जोड्नेछ  । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा  निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।चीन  र  नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई  सडक  सञ्जालले जोड्नेछ ।

यसरी भारत र चीनलाई सडक  सञ्जालले  जोड्ने  निर्माणाधीन तमोर करिडोरको  कार्य हाल निरन्तर भइरहेको  निर्माण कम्पनीले जनाएको छ । करिडोरको ट्र्याक  निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव  लामिछानेले  जानकारी दिए । आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने  लक्ष्यका  साथ  हाल काम भइरहेको निर्माण कम्पनीका  प्रतिनिधि  लामिछानेले  बताए । यो समाचार गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप