आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पद्मश्री सम्मान फिर्ता गर्न कंगनाले राखिन् शर्त

आइतबार, २८ कात्तिक २०७८, ०६ : २७
आइतबार, २८ कात्तिक २०७८

बलिउड अभिनेत्री कंगना रनौट पुन एकपटक विवादमा तानिएकी छन् । एक विवादास्पद अभिव्यक्तिका कारण उनले हालै प्राप्त गरेको पद्मश्री सम्मान फिर्ता लिनुपर्ने माग उठिरहेको छ । शनिबार कंगनाले आफ्ना आलोचकहरूलाई जवाफ फर्काउँदै सम्मान फिर्ता गर्न शर्त तेर्साएकी छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक स्टोरीमार्फत उनले प्रश्न गरेकी छन्, 'सन् १९४७ कुन चाहिँ युद्ध भएको थियो ? यदि कसैले यो प्रश्नको उत्तर दिन सक्छ भने म आफ्नो पद्मश्री सम्मान फिर्ता गर्नुका साथै माफी पनि माग्नेछु ।' 

कंगनाले हालै एक निजी च्यानलको कार्यक्रममा भारतले असली स्वतन्त्रता सन् २०१४ मा प्राप्त गरेको बताएकी थिइन् । उनले सन् १९४७ मा प्राप्त गरेको स्वतन्त्रतालाई भीखको संज्ञासमेत दिएकी थिइन् ।​ शिवसेनाले यस बयान प्रति आपत्ति जनाउँदै कंगनाबाट सबै राष्ट्रिय अवार्ड फिर्ता लिन माग गरेको छ । यसको साथै कङ्ग्रेस पार्टीको महिला विभागले प्रहरी कमिश्नरलाई पत्र लेख्दै कंगनाविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न मा गरेको छ ।

कंगना भने अहिलेसम्म आफ्नो भनाइप्रति अडिग रहेकी छन् । शनिबार उनले इन्सटाग्राम अकाउन्टमा एक किताबको हरफ शेयर गर्दै स्वतन्त्रता सेनानी बाल गंगाधर तिलक, अरविन्दो घोष, विपिन चन्द्र पालको हवाला दिएकी छन् । उनले स्वतन्त्रताका लागि १८५७ मा सामूहिक लडाइँ लडिएको आफूलाई थाहा भएको तर सन् १९४७ मा कुनै पनि युद्धबारे आफूलाई थाहा नभएको जिकिर गरेकी छन् ।

'मलाई थाहा छ कि सन् १८५७ मा युद्ध लडिएको थियो । तर १९४७ मा कुन चाहिँ युद्ध लडियो, मलाई जानकारी छैन । यदि कसैले यो जानकारी मलाई दिन सक्छ भने म आफ्नो पद्मश्री फिर्ता गर्छु र माफी पनि माग्छु । मेरो मद्दत गर्नुहोस् ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप