सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर गण्डकीको अधिवेशन सम्पन्न

शनिबार, २७ कात्तिक २०७८, २१ : २२
शनिबार, २७ कात्तिक २०७८

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा अर्जुन काफ्ले चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बागलुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा कास्कीका सुनिल पाण्डे,सुवास अम्गाईं,सविन जिसी, महिला सचिवमा कास्कीकी सुशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित भएका हुन्।. 

समितिको खुला सदस्यहरूमा प्रनिस गिरी, विमल आचार्य, आश क्रोम्चे तमु, छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा लिलाधर गिरी, राजकुमार ढकाल, चयन भएका छन्। त्यस्तै महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप