तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै ढकालले महामारीले थलिएको व्यवसायिक क्षेत्र सुधार आउने अवस्थामा रहँदा देखिएको तरलता अभाव तत्काल समाधान हुनुपर्ने बताए ।
उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधानको पहल गर्नुपर्ने बताए । ‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ,’ उनले भने ।
उनले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताए । यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनले बताए ।
‘यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो । सफल व्यवसायहरूले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ’, उनले भने, ‘विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेरबहादुरजीले ‘नावाकाद’ हरूलाई चिसो पानी खन्याएपछि छक्क परे : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
-
उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
-
सरकारले आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गरोस् : सांसद मनिष झा
-
रास्वपाको प्रश्न: पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत छ ?
-
फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री