सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न ढकालको आग्रह

शनिबार, २७ कात्तिक २०७८, २१ : १४
शनिबार, २७ कात्तिक २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै ढकालले महामारीले थलिएको व्यवसायिक क्षेत्र सुधार आउने अवस्थामा रहँदा देखिएको तरलता अभाव तत्काल समाधान हुनुपर्ने बताए ।

उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधानको पहल गर्नुपर्ने बताए । ‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ,’ उनले भने ।

उनले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताए । यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनले बताए ।

‘यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो । सफल व्यवसायहरूले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ’, उनले भने, ‘विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप