सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोग : रावल

शनिबार, २७ कात्तिक २०७८, २० : ५५
शनिबार, २७ कात्तिक २०७८

नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । 

नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन्  । नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।

अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट भएका छन् । नगन्य स्थानमा मात्रै निर्वाचन हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप