शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा खुल्यो दोस्रो पाँचतारे होटल ‘हायात प्लेस’

शनिबार, २७ कात्तिक २०७८, २० : ४१
शनिबार, २७ कात्तिक २०७८

केन्द्रीय राजधानी काठमाडौंमै हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । 

होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको कम्पनीले जनाएको छ । तर होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । 

१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् । यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्पा, स्विमिङ पुल  लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।  व्यवसायिक गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्लेस रहेको दुईवटा भवन रियलस्टेड (अपार्टमेन्ट) का लागि भनेर निर्माण गरेको थियो । तर, अपार्टमेन्ट बन्दा नबन्दै विश्वमा कोभिड–१९ को महामारी फैलिन पुग्यो ।

यसले अपार्टमेन्ट व्यवसायमा समेत प्रभाव पर्न गयो र यस समूहले अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सोही बमोजिम होटल हायात प्लेस काठमाडौं जन्मिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । साथै सोही समूहसँग चारवटा अपार्टमेन्ट समेत रहेको गोल्यानले जानकारी दिए । तस्बिर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप