जनगणनामा सक्रियताका साथ सहभागी हुन ख्रीष्टियन महासंघको आह्वान
![जनगणनामा सक्रियताका साथ सहभागी हुन ख्रीष्टियन महासंघको आह्वान](https://rpcdn.ratopati.com/media/albums/federation_of_national_christian_nepal__1_pAejwYCQom.jpg)
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समुदायका नागरिकलाई अपिल गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गर्दै महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह अपिल गरेका छन् । उनले भने,‘यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यसलाई सफल पार्छौ तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । सबै धार्मीक समुदायको भावनालाई गणकले सम्मान गर्नुपर्छ ।’ नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरूलाई उनले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गरेका छन् ।
नेपाली ख्रीष्टियन समाजको स्थिति २०२१ परियोजनाको प्रमुख धनराज घिमिरेले पनि नेपाल सरकारले सुरु गरेको राष्ट्रिय जनगणना २०७८ सबैका लागि महत्त्वपूर्ण रहेको सुनाए । उनले नेपालमा अनौपचारिक रूपमा हेर्दा करिब ३० लाखको हाराहारीमा ख्रीष्टियन रहेको तथ्याङ्क सुनाए । नेपाली ख्रीष्टियन समुदायलाई विभिन्न तत्त्वहरूले अपमानित गरिरहेको अवस्था पनि उनले सुनाए ।
कार्यक्रममा बोल्दै जनसङ्ख्या विज्ञ प्रा. डा. योगेन्द्र गुरुङले एक अध्ययन सुनाउँदै ख्रीष्टियनमा दलितहरू धेरै रहेको सुनाए । उनले भने,‘ख्रीष्टियनभित्र पनि जात व्यवस्था रहेको छ । बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यवस्थाबाट हामी बाहिर निस्किन सक्दैनौँ । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन् परेको छ जस्तो मलाई लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश
-
जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने
-
भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
-
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !
-
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल