जन्मदिनको केक काट्दै हरिवंशले भने, ‘परिवारको सुख नभएको भए म धेरै विचलित हुन्थे’

अभिनेता हरिवंश आचार्य ६४ वर्ष पुगेका छन् । शनिबार साथीभाइ माझ केक काट्दै उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । रेडियो अडियोको कार्यालयमा आयोजित सेलिब्रेसन कार्यक्रममा मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिम्खडा, राजा राजेन्द्र, प्रदीप भट्टराई लगायत थुप्रै कलाकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा परिवारको सुखको कारण आफूले सफलता प्राप्त गर्दै अहिलेको अवस्थासम्म आइपुग्न सफल भएको हरिवंश आचार्यले बताए । ‘म एक समय निकै धरमराएको थिए । श्रीमती, छोराहरू र आफन्तले साथ दिए’ आचार्यले भने ‘परिवारको सुख नभएको भए म धेरै विचलित हुन्थे होला । मेरा धेरै उद्देश्य कतै थन्किन्थ्यो होला ।’ परिवारको अलावा संसारभर रहेका आफ्ना शुभचिन्तकको माया समेत आफ्ना लागि अमूल्य रहेको आचार्यले सुनाए ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ भने उपस्थित थिएनन् । श्रेष्ठ अमेरिका रहेका कारणले सहभागी हुन नपाएका हुन् । कार्यक्रममा सहभागी नभए पनि अमेरिकाबाटै भर्चुअलरुपमा भने सहयात्री आचार्यलाई जन्मदिनको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत