प्रतिगमनकारी फेरि सल्बलाउन थालेका छन् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी फेरि सल्बलाउन थालेको बताएका छन् । शनिबार पोखरामा आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरु काँग्रेस, माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएको बताउँदै मन्त्री शर्माले फेरि पनि उनीहरु सल्बलाउन थालेको बताए । त्यस्ता तत्वलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्ने उनले बताए । उनले भने, ‘प्रतिगमनविरुद्ध प्रेस जगतले भण्डाफोर गर्नुपर्छ । आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारविरुद्ध प्रेसले भण्डाफोर गर्दै जनपक्षीय पत्रकारिता मार्फत अगाडि बढ्नुपर्छ ।’
अर्थमन्त्री शर्माले सरकारमा जानका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको बताए । उनले लोकतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि गठबन्धन बनेको बताए । सरकारले प्रेसमाथि अंकुश नलगाउने बताउँदै मन्त्री शर्माले प्रदेशहरूमा प्रेसलाई अंकुश लगाउने गरि विधेयक आएकाले त्यसलाई सच्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा