बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इमिली एट्याकसँगको प्रेममा ज्याक ग्रियलिस

शनिबार, २७ कात्तिक २०७८, १७ : ३०
शनिबार, २७ कात्तिक २०७८

इंग्लिस फुटबलर ज्याक ग्रियलिस अहिले अभिनेत्री इमिली एट्याकसँगको प्रेम सम्बन्धमा छन् । उनीहरुबीच गोप्य डेट चलिरहेको छ । ज्याकले उनलाई दैनिकजसो कल गर्ने गरेको समाचार बेलायत सञ्चारमाध्यम द सनमा प्रकाशित छ ।
यस सञ्चारमाध्यमका अनुसार उनीहरुबीच एट्याकको घर र म्यानचेस्टर होटलमा निरन्तर भेट हुने गरेको छ । यससँगै ज्याक र उनकी प्रेमिका सासाबीचको सम्बन्ध बिग्रिएको अनुमान लगाइएको छ । गत सेप्टेम्बरयता ३१ वर्षीय इमिलीसँग २६ वर्षे ज्याकको भेटघाट बाक्लिएको छ । 

त्यसयता कम्तिमा दुईपटक उनीहरुबीच दुईपटक भेट भएको द सनले जनाएको छ । ‘धेरै फुटबलरहरु इमिलीलाई पाउने कल्पना गर्छन् । त्यसैले ज्याकसँगको उनको सम्बन्ध चर्चाको विषय बनेको छ । र, ज्याक धेरै सुन्दर भएकाले इमिलीका केटी साथीहरु पनि उनलाई ईर्ष्या गर्छन् भन्ने मलाई लाग्छ,’ स्रोतले द सनसँग भन्यो । 

गत समरमा एस्टन भिल्लाबाट म्यानचेस्टर सिटी आएका ज्याक लामो समयसम्म सासासँगको प्रेममा छन् । उनीहरु किशोरावस्थादेखि नै प्रेममा थिए, तर उनीहरुको सम्बन्ध कहिले बिग्रने र कहिले राम्रो हुने गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप